शिवखोलाको पुलबाट ट्रक खस्यो, दुई घाइते

तस्बिर: तीर्थराज चौधरी, फेसबुक

दाङ, ३ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट बुधबार विहान ट्रक खसेको छ ।

भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक पुलको रेलिङ भाँचेर तल खस्दा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका हुन् ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उनीहरुको उद्दार गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • के नेपाली कांग्रेस फुट्छ ?

    नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय...