फोहोर बोकेर गएका टिपरहरु नरोक्न सर्वोच्चको आदेश

काठमाडौं, २ साउन । सर्वोच्च अदालतले ल्यान्डफिल साइट बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरलाई रोक्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

फोहोरमैला व्यवस्थापन संघले दिएको रिटमाथि सोमबार भएको बहसमा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने निर्णय कार्यान्वयन  नगर्न न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासबाट आदेश भएको हो ।

संघले आइतबार ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ रिट दर्ता गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय