मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

काठमाडौं, ३१ असार । मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।
मिटरब्याज समस्यालाई सम्बोधन गर्नेगरी सरकारले ल्याएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक अब साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने छ ।

