एमाले नेताहरु सवार कार दुर्घटना

काठमाडौं, २९ असार । सुनसरीको छप्कीमा एमाले नेताहरु सवार कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

नेकपा एमालेको जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जाने क्रममा छप्कीमा गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिल्ला कमिटी सदस्य कमरेडहरु किरण पन्थ, हरिहर बस्नेत, भूवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी घाइते भएका छन् ।

उनीहरुको सप्तरीस्थित अस्पतालमा उपचार भइरहेको एमाले सचिव योगेश भट्टराईले जनाएका छन् ।

कार आफैं अनियन्त्रित भएर सडकबाट उछिट्टिएर उल्टिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय