१५ दिनदेखि हराएकी महिला मृत फेला

भक्तपुर, २९ असार । भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन् । सुर्यविनायक नगरपालिका-७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्।
असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन ।
यसबारेमा थप अनुसन्धान सुरु गरिएको छ ।

