इमर्जिङ टिम्स एसिया कप: नेपाल र पाकिस्तान ए भिड्दै

तस्विर: क्यान

काठमाडौं, २९ असार । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बो क्रिकेट क्लबको मैदानमा खेल नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्दा पाकिस्तान ए को कप्तानी सिनियर टोलीबाट खेलिसकेका मोहम्मद हारिसले गर्नेछन् । पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका खेलाडीहरु छन् ।

पाकिस्तान ‘ए’ एसिसी इमर्जिङ कपको साविक विजेता पनि हो । अघिल्लोपटकको फाइनलमा बङ्गलादेशलाई हराएर पाकिस्तानले उपाधि जितेको थियो ।

 नेपाल समूह बी मा भारत ए पाकिस्तान ए र युएईसँग रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय