दासढुङ्गामा बस दुर्घटना हुँदा १९ जना घाइते

चितवन, २९ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका – २९ दासढुंगामा बस दुर्घटना भएको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आफैं अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्किएको हो । दुर्घटनामा परी १९ जना घाइते छन् ।

रुखमा अड्किएका कारण बस त्रिशूली नदीमा खस्नबाट जोगिएको थियो र कुनै मानवीय क्षति हुन पाएन । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय