दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ घाइते

नवलपुर, ११ साउन । पूर्वपश्‍चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वमा भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

कञ्‍चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस नवलपुरको दाउन्‍नेमा सडकछेउमा पल्टिएपछि आगलागी समेत भएको थियो ।

घाइतेमध्‍ये ७ जनाको अवस्था गम्भीर रहेकोले चितवनको भरतपुर अस्पतालमा पठाइएको छ । अन्य घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।

बसभित्र तार शर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...