चलचित्र ‘काँडेतार’लाई १० लाख सहयोग

काठमाडौं, २७ असार । नेपाल चलचित्र विकास बोर्ड अन्तरगतको स्टोरी बैंक (कथा संग्राहलय) ले ‘काँडेतार’ चलचित्रको कथालाई उत्कृष्ट कथा छनौट गरेको छ ।
नेपाल र भारतको सिमा विवादलाई विषयवस्तु बनाई सामना फिल्मस् प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथामा छनौट गरिएको हो । उत्कृष्ट चलचित्र कथा छनौट गर्दै सहयोग स्वरुप दश लाख समेत प्रदान गरिएको छ ।
चलचित्रका निर्माता एवं नायक नवल खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान भएको बताए।

