सीता दाहालको निधनले राष्ट्रियसभादेखि काँग्रेस केन्द्रिय बैठक समेत प्रभावित

काठमाडौं, २७ असार । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि पत्नी सीता दाहालको निधन भएसँगै बुधबारका केही महत्त्वपूर्ण कार्यक्रम स्थगित भएका छन् ।
बुधबार बिहान ८:३३ बजे दाहालको निधन भएपछि आजको लागि बोलाइएको राष्ट्रिय सभा बैठकदेखि नेपाली कांग्रेस केन्द्रिय समिति बैठक सम्म प्रभावित भएका छन् ।
आज ११ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारण भन्दै भोलिसम्मका लागि स्थगित भएको छ। विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतको भनाइ छ।
यसैगरी एकबर्ष पछि बल्ल बल्ल बोलाइएको नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पनि आजलाइ स्थगित भएको छ। दाहालको निधन लगत्तै पार्टी सभापतिले बैठक स्थगित गर्न कार्यालयलाई खबर गरेको पार्टी स्रोतले बतायो।

