प्रधानमन्त्री पत्नी दाहालको अन्त्यष्टी आजै
११ बजे पार्टी कार्यालयमा श्रद्धाञ्जली र २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्व.सीता दाहालको अन्त्यष्टी आजै गरिने भएको छ ।
लामो समय देखि अचेत दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट पीडित सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले पुष्टि गरे।
उनको पार्थिव शरीरलाई बिहान ११ बजे माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाडामा श्रद्धाञ्जलीका लागि राखिने छ। दिउँसो १ बजे पछि पशुपति आर्यघाट लगेर २ बजे अन्त्यष्टी गरिने माओवादीले जनाएको छ।
स्व.दाहालको माओवादी जनयुद्धमा समेत मुख्य भुमिका थियो। उनी पति प्रचण्डसंगै भुमिगत भएकी थिइन। उनको एक मात्रै छोरा प्रकाश दाहालको यसअघि नै निधन भैसकेको छ। जेठी छोरी ज्ञानु दाहालको समेत निधन भएको छ।
माइली छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर तथा कान्छी छोरी गङ्गा दाहाल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत छिन ।

