जनमत पार्टीबाट साह मन्त्री बन्दै

काठमाडौं, २७ असार ।  वर्तमान सरकारमा जनमत पार्टी फेरि सहभागी हुने भएको छ । जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

मंगलबार बसेको दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि मन्त्रालय भने टुङ्गिन बाँकी छ ।

यसअघि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बनेका थिए तर पछि मन्त्रीपरिषद् विस्तारका क्रममा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय