यस्तो छ तपाइको आजको राशिफल

आज २०८० साल असार २७ गते बुधबार । यस्तो छ तपाइको आजको राशिफल:
मेष: स्वास्थ्यमा समस्या आउन सक्ने छ । खर्च बढ्ने छ । शुभकार्यमा मन जाने छ । नयाँ काम गर्ने अवसर मिल्ने छ ।
वृष: शुभकार्यमा मन जाने छ । उधारोमा व्यापार हुन सक्छ । यात्राको अवसर जुट्न सक्ने छ ।
मिथुन: साथीभाइसँग भेट्ने अवसर जुट्ने छ । दिगो काममा जग बसाउने मौका छ । मनमा उत्साह छाउने छ ।
कर्कट: प्रतिष्ठित व्यक्तिको सहयोग पाइने छ । शुभ समाचार सुन्न पाइने छ । तर स्वास्थ्यमा केही समस्या आउन सक्ने छ ।
सिंह: अस्वस्थताको अनुभूति हुनेछ । शारीरिक कमजोरीले चिन्ता बढाउने छ । नयाँ काममा मन जान सक्छ ।
कन्या: शुभकार्यको चर्चा चल्ने छ । खर्च र चूनौतिको समय छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनु पर्ने छ ।
तुला: आर्थिक क्षेत्रमा सफलता मिल्ने छ । घुमफिरको योग छ । सम्मान प्राप्त हुने छ ।
वृश्चिक: शत्रुहरु किनारा लाग्ने छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इमान र प्रतिष्ठा कमाइने योग छ ।
धनु: लगनशीलताले उपलब्धि प्राप्त हुने छ । चूनौतिभित्र अवसर खोज्नुपर्ने हुन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ ।
मकर: अरुको भर पर्दा काम बिग्रन सक्छ । दिगो योजनाले अघि बढ्दा विस्तारै लाभ पाइने छ । शुभचिन्तक र साथीभाईहरुको साथ र सहयोग पाइने छ ।
कुम्भ: नयाँ काम सुरु गर्ने राम्रो समय छ । लगानी गर्दा व्यवसायमा धनलाभ हुनेछ । सहयोगीहरू जुट्ने छन् ।
मीन: खर्चको डरले सताउने छ । ईर्ष्या गर्नेहरुबाट जोगिनुपर्ने छ । अहिलेको मिहिनेतले भविष्यमा लाभ हुने छ ।

