मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं, २६ असार ।  सोलुखुम्बुबाट काठमाडौका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

पाँच मेक्सिकन नागरिक र चालकसहित ६ जना सवार हेलिकप्टर सोलुखुम्बुको लामाजुरा पासमा दुर्घटनामा परेको हो ।

हालसम्म दुर्घटनास्थलबाट पाँचजनाको शव निकालिएको छ भने उनीहरुको पहिचान हुन बाँकी छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर उडेको केहीबेरमा सम्पर्कविहीन भएको थियो ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय