मनाङ एयरको हेलिकप्टर दुर्घटनाको आशंका !
नेपाली पाइलट र ५ मेक्सिकन नागरिक रहेको पुष्टि
काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कमा नभएको र दुर्घटनामा परेको आशंका गरिएको छ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
जिल्लाको दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको सो हेलिकोप्टर दुर्घटनामा परेको हुनसक्ने बुझिएको छ।
स्थानीयको भनाइ उध्रीत गर्दै सामाजिक संजालमा सो बारे धेरै कुरा आएको छ।
हेलिकप्टरमा नेपाली पाइलट सहित ५ जना मेक्सिकन नागरिक सवार रहेको बुझिएको छ ।

