मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
लुक्लाबाट काठमाडौंका लागि लागि उडेको हेलिकोप्टर करिब सवा १० बजेदेखि सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु भएको बताइएको छ ।
हेलिकप्टरको खोजी कार्य जारी छ ।
थप विवरण आउन बाँकी छ ।

