धौलीगंगाको बाँध खोलियो, महाकाली आसपास सतर्क रहन आग्रह

दार्चुला, २६ असार । भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ । बाँध खोलिएसँगै महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । त्यसकारण महाकाली आसपास बसोबास गर्नेलाई सतर्क रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको थियो । भारतले सफाइको कामका लागि भन्दै परियोजनाकाे बाँधका ढोका खोल्न लागेको जानकारी पठाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय