यस्तो छ तपाइको आजको राशिफल

आज २०८० साल असार २६ गते गते मङ्गलबार । यस्तो छ तपाइको आजको राशिफल:

मेष: पहिलेको सफलताले प्रेरणा र हौसला दिने छ । सहयोगीहरु भेटिने छन् । स्वादिष्ट भोजनको योग छ।

वृष: नचिनेका व्यक्तिमाथि विश्‍वास गर्नाले धोका पाइन सक्ने छ । आर्थिक समस्या आइपर्न सक्छ । साथीभाइ नजिकिने छन् ।

मिथुन: आयको स्रोत बढ्ने छ । भौतिक साधन जुट्ने छन् । दिगो काममा जग बसाउने मौका छ ।

कर्कट: मिहिनेतको फल प्राप्त हुने छ । साथीभाइबाट सहयोग पाइने छ । व्यवसायबाट फाइदा हुने देखिन्छ ।

सिंह: अस्वस्थताको अनुभूति हुनेछ । शारीरिक कमजोरीले चिन्ता बढाउने छ । उधारोमा व्यापार गर्नुपर्ने हुन सक्छ ।

कन्या: अध्ययन र व्यापारमा चाहेजस्तो उपलब्धि प्राप्त हुने छैन । शुभचिन्तकहरुले साथ दिने छन् । पहिलेका कामले प्रतिफल दिने छ ।

तुला: अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ । विगतका कमजोरी सच्याउन सकिनेछ ।

वृश्चिक: रोकिएका कामहरु बन्‍ने छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । बुद्धिको प्रयोगले राम्रो नतिजा दिने छ ।

धनु: लगनशीलताले उपलब्धि प्राप्त हुने छ । चूनौतिभित्र अवसर खोज्‍नुपर्ने हुन्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

मकर: दिगो योजनाले अघि बढ्दा विस्तारै लाभ पाइने छ । शुभचिन्तक र साथीभाईहरुको साथ र सहयोग पाइने छ । बोलीमा ध्यान दिनुहोला ।

कुम्भ: नयाँ काम सुरु गर्ने राम्रो समय छ । लगानी गर्दा व्यवसायमा धनलाभ हुनेछ । सहयोगीहरू जुट्ने छन् । व्यवसायमा फाइदा हुने छ ।

मीन: खर्चको डरले सताउने छ । ईर्ष्या गर्नेहरुबाट जोगिनुपर्ने छ । अहिलेको मिहिनेतले भविष्यमा लाभ हुने छ ‌।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...