भारतमा पहिरोमा परी एकै परिवारका तीन नेपालीको ज्यान गयो

काठमाडौं, २६ असार । भारतको हिमाञ्चल प्रदेश राज्यस्थित शिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ ।
रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ घर भइ रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर ५० वर्षीय देवबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो।
जेठा छोरा लोकेन्द्र वली भने पहिरोको समयमा घरमा नभएकाले उनी भने जोगिए । उनकी श्रीमति भने रुकुममा गाउँमै छिन् ।
मृतकहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

