यस्तो छ तपाइको आजको राशिफल

आज २०८० साल असार २५ गते गते सोमबार । यस्तो छ तपाइको आजको राशिफल:

मेष: खर्च बढ्ने छ । उधारोमा व्यापार गर्नुपर्ने हुनसक्छ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ ।

वृष: पढाइमा प्रगति हुने छ । नयाँ कामतर्फ अग्रसर भइनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।

मिथुन: समाजमा नाम कमाइने छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग पाइने छ। दिगो काममा जग बसाउने मौका छ ।

कर्कट: अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । बाध्यताले अलमल्याउन सक्छ । खानपानमा ध्यान दिनुपर्ने देखिन्छ ।

सिंह: अस्वस्थताको अनुभूति हुनेछ । खानपानमा ध्यान पुर्याउनुहोला । खर्चको समय रहेको हुँदा अलि सजग रहनुपर्ला ।

कन्या: विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । मित्रता र प्रेमको सम्बन्ध गाँसिने छ ।

तुला: स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। शत्रुहरू परास्त हुने छन् । प्रतिस्पर्धामा विजय हासिल गर्न सकिनेछ । आर्थिक लाभ हुने योग छ ।

वृश्चिक: अरुका लागि बुद्धि र श्रम खर्चने योग छ । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । मेहनत गर्दा विस्तारै प्रगति हुने छ ।

धनु: आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । धोका पाइने सम्भावना छ । सम्झौताहरु तोडिन सक्छन् ।

मकर: प्रतिस्पर्धिहरुले पनि सहयोग गर्ने छन् । साथीभाईहरुको सहयोग पाइने छ । लगानी गर्दा व्यवसायमा धनलाभ हुनेछ ।

कुम्भ: मानसम्मानमा बाधा पुग्‍ने छ । प्रभावकारी काम नहुन सक्छ । अवसर प्राप्त भए पनि साेचेकाे फाइदा भने नहुन सक्छ ।

मीन: दिन रमाइलो बित्‍ने छ । रमाइलो जमघटको अवसर जुट्ने छ । नयाँ कामको अवसर प्राप्त हुने छ । पहिलेको सफलताले थप हौसला जगाउने छ ‌।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...