लाकुरी भञ्ज्याङमा पुर्व राजाको ‘बर्थ डे’ !
२५ कोठा बुकिङ
काठमाडौं, २२ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७६ औं जन्मदिन मनाउन ४ दिन अघिदेखि होटल बुक गरेका छन् ।
पुर्व राजा ज्ञानेन्द्र शाहले जन्मदिन मनाउन लाँकुरी भञ्ज्याङस्थित टेरिस रिसोर्ट एन्ड स्पामा २५ कोठा बुक गरि त्यहाँ पुगेका छन् । परिवार तथा नातेदार सहित उनी सो रिसोर्टमा पुगेका हुन् ।
२००४ साल असार २३ मा जन्मेका पूर्वराजाले सो रिसोर्टमा २० असारदेखि २३ असार रातिसम्मका लागि २५ वटा कोठा बुक गरेको स्रोतले जनाएको छ । उनीसँगै पत्नी कोमल, छोरा पारस र बुहारी हिमानी तथा नाति नातिनी र इष्टमित्र त्यहा रमाइलो गर्दैछन् ।

