मेयर बालेन भन्छन्-‘सबै जना मरेका लाशहरु हुन !’

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक सार्वजनिक कार्यक्रममा व्यक्त बिचारले सदन र सडक तातिरहेको बेला काठमाडौका मेयर बालेन साहले पनि त्यसैमा झटारो हानेका छन् ।
बिहिवार राती फेसबुक पेजमा लेख्दै मेयर वालेनले भनेका छन्-‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।’
सरकार र राजनीतिक दलसंग कुनै न कुनै बिषयमा निहुँ खोजिरहने स्वभावका मेयर वालेनले अझै अगाडी भनेका छन् -‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’
मेयर वालेनले अझै गम्भीर आरोप लगाउदै लेखेका छन् -‘भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?सबैजना मरेका लाशहरु हुन् ?’


