कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका थापा नियुक्त

विराटनगर, २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता उद्धव थापा नियुक्त भएका छन् ।
संसदीय दलका नेता समेत रहेका थापालाई बिहिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
थापाले काँग्रेसका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।

