चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन

काठमाडौं, २० असार । चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । ६० वर्षीय तामाङको मङ्गलबार राति बुढानिलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदी भगवती तामाङले पुष्‍टि गरिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले पनि तामाङ घरमै मृत भेटिएको जानकारी दिएका छन् । उनको शवअहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

रविन नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक हुन् । उनले थुप्रै चलचित्रमा पनि अभिनय गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय