चौथो आश्रय कप फुटबलको उपाधि युनाइटेडलाई

काठमाडौ। आश्रय समूहले आयोजना गरेको ‘चौथो आश्रय कप फाइभ ए साइड अन्तर रिह्याब फुटबल प्रतियोगिता-२०८२’को उपाधि युनाइटेड फेलोशिप ललितपुरले जितेको छ।

बिहीबार भएको फाइनल प्रतिस्पर्धामा युनाइटेड फेलोशिप ललितपुरले सन्जिवनी धरानलाई ‘सडेनडेथ’ पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि चुमेको हो ।

खेलको पहिलो हाफ २-२ को बराबरी भएको थियो। यद्यपी दोस्रो हाफमा पनि १-१ को बराबरी भएर खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टीमा युनाइटेड र सन्जिवनी दुबैका खेलाडीले गोल गरे। त्यसपछिको ‘किपर टु किपर’ मा पनि दुबै गोलरक्षकले गोल गरे। त्यसपछिको सडेन डेथमा सम्हालिन नसक्दा धरानले उपाधि चुम्ने अवसर गुमायो।

प्रतियोगितामा प्रथम हुने युनाइटेड फेलोशिप ललितपुर टिमले एक लाख नगद सहित शिल्ड र प्रमाणपत्र पाएको छ । यसैगरी उपविजेता बनेको सन्जिवनी धरान टिमले ५० हजार नगद पाएको छ।

लागु औषध दुर्व्यशनीहरुको सुधार तथा पुनर्स्थापनाको लागी खोलिएको विभिन्न “रिह्याब” केन्द्रहरू बीच भएको “चौथो फाइभ ए साइड अन्तर रिह्याब फुटबल प्रतियोगिता २०८२” को विजेता र उपविजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसालले पुरस्कार प्रदान गरे।

गोकर्णेश्वर नगरपालिका १ वीपी चोकमा स्थित “आश्रय समूह” सुधार केन्द्रको प्राङ्गणमा सम्पन्न भएको प्रतियोगितामा आयोजक आश्रय समूहको दुई टिम सहित मोफसल र काठमाडौं उपत्यकाबाट कुल १५ वटा टिम सहभागि थिए।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, अनुशासित टिम, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

समापन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल सहित गोकर्णेश्वर नगर खेलकुद परिषद संयोजक सन्जय लामा, युनाइटेडका संचालक सुजिन महर्जन र सन्जिवनी धरानका सम्पुर्ण राईले खेलाडीलाई बधाई सहित शुभकामना दिएका थिए।

आयोजक संस्था आश्रय समुहका निर्देशक छिरिङ शेर्पाका अनुसार

सन् २०१२ मा स्थापना भएको आश्रय समुहले युवाहरू माझ लागु औषध र मादक पदार्थ सेवनको विरुद्ध जनचेतना आयोजना गर्ने हिसाबले विगत ४ बर्षदेखी यो प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय