गगनलाई बधाई दिँदै बाबुरामले भने-‘पुराना दलहरूको पुनर्संरचनाको सुरुवात’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको भन्दै नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिएका छन्।

वैकल्पिक शक्तिको खाँचो औंल्याउदै आएका डा.बाबुराम भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् गगनलाई बधाई दिएका हुन् । उनले कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिँदै भनेका छन्- ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् भन्ने कामना गर्दछु।’

‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरु र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना!’

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय