ओली-बालेन भिडन्त पक्का, माघ ४ मा राजीनामा दिएर झापा जाने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह झापा निर्वाचन क्षेत्र नम्बर-५ बाटै उम्मेदवार हुने पक्का भएको छ।

झापा-५ का रास्वपा नेताकार्यकर्तासँग भेटेर बालेनले माघ ४ गते काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर झापा आउने बताइसकेका छन् । त्यसपछि माघ ६ गते उनले उम्मेदवारी दर्ता गर्नेछन् । रास्वपा बरिस्ठ नेता समेत रहेका बालेनले झापामै बसेर पार्टी गतिविधि संचालन गर्ने उनी निकट स्रोतले पुष्टि गरेको छ।

बालेन साह,रवि लामिछाने र कुलमान घिसिङ बीच एकता भएर रास्वपा मार्फत चुनावी गतिविधि अघि बढीरहेकोबेला एकाएक कुलमानको उज्यालो नेपाल पार्टी बाहिरिएपछि बालेन थप सक्रिय हुन थालेका छन् । उनले ललितपुरको ज्वागलमा छुट्टै पार्टी सम्पर्क कार्यालय खोलेर त्यहीँबाट आफ्ना रणनीति बनाउने गरेको बुझिएको छ।उनले आफ्ना निकटहरुलाई काठमाडौं महानगरको सबै काम १/२ दिनमा सकेर माघ ४ गते राजीनामा दिने मनस्थिति बनाइसकेको पनि बताएका छन् ।

कतिपय रास्वपा नेताहरूले बालेनलाई झापामा स्वागत गर्न आतुर छौं भन्ने पोष्ट पनि सार्वजनिक गरिरहेका छन् । निशा डागी, ज्वाला संग्रौला, रमेश प्रसाईं लगायत नेता पनि बालेनसँगै झापा-५ को भूगोलमा घरदैलो गर्ने तयारीमा छन् ।

बालेनले झापामा उम्मेदवारी दिएपछि पूर्व-पश्चिम देश दौडाहामा समेत निस्कने भनेका छन् । मुख्यगरी झापा, विराटनगर, जनकपुर, विरगंज, चितवन, पोखरा, बुटवल, दाङ र धनगढी पुग्ने बालेनको योजना रहेको उनी निकट नेताहरू बताउँछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय