देश र काँग्रेसमा संस्कारित राजनीतिकाे खाँचाे
मनोज कुमार कर्ण
नेपालमा गत २०८२ भदाै २३ र २४ गते अधिकांश नेपालीकाे बुझाइमा २०७९ सालकाे चुनावबाट संसदमा गएका सत्तारूढ र विपक्षी प्रमुख दलहरूका शीर्ष नेतृत्व खासगरी देशमा विकास दिन नसकेर पदमात्र ओगटीरहेकालाई हट्न दबाव स्वरूप, भ्रष्टाचार हटाउन र संविधानकाे स्पिरिट अनुसार वाक् स्वतन्त्रतामा हनन् पुर्याउने सामाजिक सञ्जालमाथिकाे सरकारी प्रतिबन्ध हटाउनलाई स्वदेशी चाहना तर पाकिस्तानी आईएसआईकाे फेसिलिटेशनमा अमेरीकि सिआईएले देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत जलाउनेहरूकाे ब्याकअपमा यहाँ सत्ता खाेसिएकाे हाे । देशमा सत्ता खाेस्ने ग्रुपहरू जेनजी कहलाए तापनी आज सरकारकाे अवस्था र बनावट हेर्दा जेनजीकाे नाममा गैह्रजेनजी/घूसपैठियाहरूले सबै उथलपुथल गराएर सत्ताभाेग हाल गरिरहेका तीताे यथार्थ नेपाली माझ छ ।
यी सत्ता खाेस्ने जेनजी जाेड घूसपैठियाहरूकाे तर्क सिंहदरबार फेरीपनि बनाइने छ अर्थात्, हिंसा, आगलागी, असभ्यता आदि सदर नेपालमा अब राजनीतिमा हुनुपर्ने हाे र विधिविधानविपरीत जुनसुकै हालतमा सरकारी बागडाेर, हरेक दलकाे नेतृत्व युवाकाे हाथमा आउनुपर्छ भलै देशकाे अस्तित्व रहाेस् वा नरहाेस् अनि अस्तित्व रहेपनि नेपाल ईतिहासमा कसैकाे गुलाम नरहेकाे देश अब पाक-अमेरीकाकाे गुलाम रहाेस् भन्ने चाहना राखेकाे देखिन्छ । यसकाे विपरीत दलका साविक नेताहरूले भ्रष्टाचार भयाे भने कानूनन् कार्वाही हाेस्, सामाजिक सञ्जाल खल्नुपर्छ तर नियमन हुनुपर्छ, राजनीतिमा सभ्यता र राष्ट्रवाद हुनैपर्छ र पार्टी विधिविधानबाट महाधिवेशनमार्फत् मात्र नेतृत्व फेरिनुपर्छ तर नेपालकाे पराधीनता कदापी स्विकार्य नहुने पक्षधर हाे ।
कुनैपनि देशमा राजनीतिक वातावरण शैक्षिक, आर्थिक, जैविक, पर्यटन वा भनाैं सामाजिक वातावरणकाे अभिभावक रहेकाेले जब देशकाे राजनीति असभ्य, पराधीन, विधानविपरीत र अराजक हुन्छ तब देशकाे अस्तित्व सङ्कटमा पर्छ अनि देशकाे शिक्षक, प्राध्यापकले देशकाे नागरिक, पहरेदार, मतदातापनि हुने हुनाले चाहे सत्ता टिकाउनलाई सरकारका मन्त्रीले शिक्षकभई राजनीतिक टिप्पणि नगर भनेर स्वयम्हरूले देशकाे अस्तित्वमाथि नै सङ्कट थप्दा बाध्यभएर शिक्षक, प्राध्यापकले बाेल्नुपर्छ ।
नेपाली काँग्रेसभित्र अहिले यही नयाँ र पुरना नेतृत्वबीच नेतृत्व गर्नेबारे टकरावकाे स्थिति छ, न कि पार्टीकाे मार्ग दर्शन, नीति वा सिद्धान्तबारे । यसै क्रममा यसै पाैषमा विशेष महाधिवेशन गरिहाल्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनि चुनावपछि नियमित महाधिवेशन गर्नुपर्ने अन्य नेताबीच मतमतान्तर सामान्य रहँदा पनि मिति २०८२ पाैष २१ गते मंगलवार केन्द्रीय कार्य समितिकाे बैठकमा भाग लिन पूर्वउपसभापति तथा पूर्वउपप्रधान र गृहमन्त्री माननीय विमलेन्द्र निधिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जाँदा महामन्त्री थापा समर्थक एकजना विगतमा बैंक लूट्नेमा कसूरदार भई सजाय काटेका व्यक्तिले दुर्व्यवहार र असभ्यता प्रकट गरे । याे लेख यीनै माथिका कुरामाथि आधारीत हाे ।
महाधिवेशनकाे कुरा
नेपालमा भएकाे भदाैकाे जेनजी विद्राेहपछि हरेक दलमा शीर्ष नेतृत्व खाेस्ने हाेडबाजी भएकै हाे । याे बेग्लै कुरा हाे कि केपी ओली नेतृत्वकाे नेकपा एमाले र दिनैपिच्छे पार्टीकाे नाम, झण्डा लुगा फेरे झैं फेर्ने पुष्पकमल दाहाल “प्रचण्ड”काे नेकपा (हिजाेकाे माओवादी)मा कथित् जेनजीकाे केहिपनि नचल्दा उल्टै त्वम् शरणम् भनेर उल्टै ओली र प्रचण्डलाई नै पुन: कथित् महाधिवेशनपछिपनि “नयाँ नेतृत्व” भनी ताज पहिराईदिए । ती पार्टीहरू कम्युनिस्ट र तानाशाह हुन् । तर काँग्रेस भनेकाे लाेकतान्त्रिक पार्टी भएकैले यति ठेलम-ठेल, विवाद भईरहेकाे हाे, यसलाई यसरी नै बुझाैं ।
काँग्रेसमा कम्तिमा २०४६ सालपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद काेइराला आजीवन अनि सुशील काेईराला एक कार्यकाल पछि शेरबहादुर देउवा हाल दाेस्राे कार्यकाल सभापतिमा हुनुहुन्छ । जाे देउवाले जेनजी विद्राेहपछि अब सभापतिमा उठ्ने गिरिजाबाबूकाे विपरीत भनिसक्नुभएकाे हाे । उनीमाथि प्रश्नहरू उठेका हुन्- सुशासन नभएकाे र गुटबन्दी बढी भयाे भनेर तर उनी कहिल्यै आफू फुल टर्म प्रधानमन्त्री र एकल काँग्रेस नेतृत्वकाे बन्न नपाएकाे डिफेन्स गर्छन् । यसैलाई आधार मानेर जेनजी विद्राेहमा काँग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय, नेता निधिलगायत अन्य धेरै जना परेकामध्ये हाल महामन्त्रीद्वय र खासगरी एक महामन्त्री गगन थापाले जे जसरी भएपनि पार्टीमा सभापतिहरूबाहेक अन्य धेरैकाे लगानी भए तापनि तत्काल नै जेनजी आन्दाेलनकाे बहानामा आफू पार्टी सभापति र प्रधानमन्त्री बनिछाड्ने अतिमहत्त्वाकाँक्षा बिचमा ल्याएका हुनाले हाल काँग्रेसमा कलह उब्जेकाे हाे । अरूलाई समानुपातिकमा नजानुपर्ने मान्छे किन गएकाे भनेर स्वयम्काे रापतापमा भने यस पालि ससुराबा अर्जुननरसिंह केसीलाई समानुपातिकमा सिफारिश गराएका हुन् । हाल काँग्रेसमा सभापतिकाे लाईनमा मधेशीमूलबाट विमलेन्द्र निधि, काेइराला परिवारका विरासत डा. शेखर र शशांक काेइरालाहरू, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतहरू महामन्त्री गगन थापासहित छन् ।
जहाँसम्म काँग्रेसकाे महाधिवेशनकाे प्रसङ्ग छ, त्यसमा देउवा समूहले विशेष नभई प्रस्तावित चुनाव २०८२ फाल्गुण २१ पछि नियमितरूपमै गराैं भन्ने छ किनकि याे बिना बहस एमाले र नेकपामा जस्ताे टुङ्गिने महाधिवेशन हाेईन, याे काँग्रेसकाे हाे जसमा सहजरूपमा याे उत्सव सम्पन्न हुन्छ, विशेषले विग्रह निम्त्याउने छ पार्टीमा । यस समूहले चुनाव आइसकेकाेले ध्यान केन्द्रित चुनावमा हाल हुनुपर्छ, नत्र चीरेकाे मनले काँग्रेस चुनावमा हार्ने हाे भन्ने साेच्छ । अर्काेतर्फ थापाकाे समूहले भने ५४ प्रतिशत प्रतिनिधिले माग गरिसकेका र विगतमा पनि देउवाले नै गराईसकेकाले फेरीपनि पार्टी फुटे फुटाेस्, चुनाव हारे हाराेस् तर विशेष अधिवेशन हाेस् र नेतृत्व आफ्नै हातमा आओस् भन्ने चाहन्छ । वास्तवमा डा. शेखर काेइरालाकाे भनाई अनुसार यदि विशेष अधिवेशन काँग्रेसमा कसैलाई चाहिएकाे हाे भने कार्य समितिबाट विधिवत् पारित हुनुपर्याे, न कि लडाई-झगडा, ठेलमठेल, दुर्व्यवहार र फरक समुदायमाथि लक्षित टिप्पणि सामाजिक सञ्जालमा थापा वा शर्माका समर्थक केहीद्वारा गराइएर ! यहि समाधानपनि हाे- यदि गगन थापा समूहले चाहन्छन् भने कार्य समितिबाट पारित गरि विशेष अधिवेशन गराओस् अनि संसदीय दलबाट देउवालाई हटाएर थापा बनिकन प्रधानमन्त्री हाेउन्, हैन भने नियमित अधिवेशनबाट पपुलर मतले जित्न मिहिनेत गरून् ।
विमलेन्द्र निधि र काँग्रेस
नेपालकाे एकमात्र वैश्विक र पूर्ण मानककाे लाेकतान्त्रिक दल नेपाली काँग्रेसमात्र हाे । यसमा काेही नेता खराब बिग्रन/खराब हुन सक्छन् तर दलकाे सिद्धान्त भने हाेईन । याे काँग्रेस बीपि काेइराला, सुवर्ण सम्शेर, महेन्द्रनारायण निधि, गणेशमान सिंह, रामनारायण मिश्र, परशुनारायण चाैधरी, भीमबहादुर तामाङ, कुलबहादुर गुरूङ, खुमबहादुर खड्का, गिरिजाबाबू, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, विमलेन्द्र निधि, रामचन्द्र पाैडेललगायत नेपालका सबै समुदाय, लिङ्ग, जातजातिकाे पार्टी हाे, जसमा अर्जुननरसिंह केसीलगायत सबै आदरणिय पर्नुहुन्छ ।
खासमा विमलेन्द्र निधिकाे कुरा गर्ने हाे भने उनी गणेशमानपुत्र प्रकाशमान सिंह र बीपिपुत्र डा. शशाङ्क काेइरालाबाट पृथक अन्य मानेमा रही स्वयम्काे संघर्षबाट काँग्रेसकाे उपसभापति र देशकाे उपप्रधान तथा गृहमन्त्रीसम्म पुगिसकेकाे मान्छे हुन् । विमलेन्द्र निधिलाई एसएलसी दिंदा उनी जेलबाट दिएका उनकाे संघर्षकाे कथा हाे याे, न कि बुवा महेन्द्रनारायण निधिकाे विरासत ! विमलेन्द्र निधि जनकपुर राराब क्याम्पस पढ्दा उनलाई पञ्चायतकाे विराेधगर्दा नै उनलाई रस्टिकेट गरिएर पछि पाटन संयुक्त क्याम्पसबाट उनले पढाइ पूरा गरे । उनलाई महेन्द्रनारायण निधिकाे छाेरा भनेर पहिलाेपटक शिक्षा मन्त्रीपनि दिइएन अपितु उनले संघर्षबाट लिए, बुवाकाे नामबाट पक्कै मालदार मन्त्रालय उनले पाउने थिए । तर विमलेन्द्रकाे याे आफ्नाे छाप हाे कि उनले चाहे शिक्षा सम्भालून् कि भाैतिकयाेजना कि गृह अथवा जे सुकै, त्यसमा उनले देश र पुष्ताले चाहेका प्रगतिशिल, वैज्ञानिक नीतिगत परिवर्तन ल्याएकै हुन् तर समग्र सिस्टम यहाँकाे उनकाे बहिर्गमनपछि मन्त्रालयमा राम्राे कुरा निरन्तरता दिनुपर्याे नि ! पद्धतिकाे लागि गृहमन्त्री निधि रहेकै बेला आफ्नै सभापति देउवासँग राेलक्रमकै मान्छेलाई आईजीपि बनाउनलाई खट्पट् गरेकाे कुरा कसरी आज नेतृत्व खाेस्नेहरूले बिर्सने ? निधिले आफ्नै नेतृत्वलाई वैचारीक, कार्यगतरूपमा र सभापतिमा पनि चाैधाैं गत महाधिवेशनमा त चुनाैती दिएकै हुन् । तसर्थ, जे मुखमा आयाे, त्याे विमलेन्द्र निधिमाथि केवल मधेशी समुदायकाे भएकै आधारमा बाेल्दै, लेख्दै जानेले धेरै कुरा सिक्नुपर्दछ । जाे नेतृत्वमा आएपनि सभ्यशैलीमा आफ्ना जायज कुरा राख्नुपर्छ । अरूले तर्क र प्रमाणका कुरा अपशब्द, समुदाय लक्षित खराब टिप्पणिले नभई तर्क र प्रमाणले नै काटेर मत बढाई नेतृत्व लिनुपर्छ । यसले नै देशमा नवपुष्तामा संस्कारकाे प्रवाह गराउनेछ, गगन थापा र उनका उग्र र असभ्य व्यवहार नेता निधिमाथि गर्ने केही उग्रहरूले आफ्नै पूर्वखेमा नेता डा. शेखर काेइरालाबाट नै संस्कार सिक्दापनि हुन्छ ।
अवश्यपनि विमलेन्द्र निधि सभापति शेरबहादुर देउवाका पूर्ण नवसभापतिका हकदार हुन् । दाबी अरूकाे पनि छ, यहि नै प्रतिस्पर्धापनि हाे, हुनुपनि पर्छ । देउवा-निधिकाे जाेडी बीपि काेइरालाले नै देउवालाई नेवि संघकाे प्रथम अध्यक्ष र उनले दाेस्राे कार्यकालसम्मपनि अधिवेशन गराउन नसक्दा निधिलाई बीपिले दाेस्राे अध्यक्षमा घाेषणा गर्दादेखि नै बनाइएकाे हाे । निधि नेवि संघ अध्यक्ष बनाईंदा महेन्द्रनारायण निधिकाे, आराेप अनुसार छाेराकाे विरासतमा, नाममा नभई विमलकाे संघर्ष, जाेष हेरेर अनि देउवाका केही गुण भएपनि निधिकाे ब्याकअप नहुँदा उनी नसक्ने भएरै बनाइएकाे हाे, सुनिन्छ । थपमा देउवालाई गिरिजाबाबूकाे गुटबन्दी, आजीवन पददाेलुपता आदिबाट पार्टीलाई मुक्त गराउन चिरञ्जीवी वाग्ले, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहित देउवालाई विमलेन्द्रले आजपर्यन्त सघाएकै हुन्, पटकपटक सभापति र प्रधानमन्त्री बनाएकै हुन् । र, देउवाले पनि चाैधाैंमा पुन: मलाइ देउ, पन्ध्राैं महाधिवेशनमा तिम्राे सभापति भयाे भनेकै हुन् ।
भारतलगायत लाेकतान्त्रिक देशमा देउवाकाे पक्षमा माहाेल बनाएर “स्वीकार्य” निधिले नै बनाएका हुन्, भलै देउवा उचालिएर पछि निधिकाे ठाउँ पत्नी डा. आरजू वा अन्यलाई किन नदिउन् ! तर सरकारमा पुर्याइसकेपछि पर्फाेर्मेन्स देखाउने काम सरकार प्रमुख र सभापति भएपछि महाधिवेशन सम्पन्न गराउने काम सभापति देउवा कै हाे नि ! यसमा देउवाकाे कमजाेर पर्फाेर्मेन्समा निधिलाई पनि असफल, फ्लाैप भनेर उनकाे पालाे सभापति वा प्रधानमन्त्री बन्नबाट खाेस्न मिल्दैन । जसले यस्ताे गर्छ, उ मधेशविराेधीकै कित्तामा र नश्लीय चरीत्रकै कहलिने हाे। त्यसैपनि देउवा-निधिकाे जाेडी हिजाेका काेइराला सत्तासीन परिवार वा देउवा खेमाकै अन्य प्रतिस्पर्धीले नसह्नु स्वभाविक हाे तर विराेधकाे तर्क, प्रमाण, भाषा, शैली सबै हुनुपर्छ, फगत् ईर्ष्या, मधेशीप्रति घृणा, अपशब्द हुनुहुँदैन किनकि यहि फाल्न देशमा माओवादी र मधेशी-थारू-आदिवासी-जनजाति-महिला-दलित आदिका आन्दाेलनहरू भएर देशमा वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधान हाे ।
केवल नेतृत्व फेर्ने कि देशपनि बचाउने ?
आज काँग्रेसकाे पन्ध्राैं महाधिवेशन (नियमित वा विशेष) देशकाे असामान्य परिस्थितिमा र कम्युनिस्टहरूले नेतृत्वमा परिवर्तन दिनै नचाहेकाे जगमा हुन गइरहेकाे छ । माथि पृष्ठभूमीमा उल्लेख गरिए झैं काँग्रेसकाे नेतृत्व देशप्रति लगावभएकाे, नेपाल ईतिहासमा कहिल्यै कसैकाे गुलाम नभएकाे तथ्यलाई बाेक्ने, सबै समुदाय र विचारकालाई समेटेर लानसक्नेलाई सुम्पिने कि केवल एक समुदायकालाई खुश पार्नेलाई, याे अहम् सवाल खडा भएर आएकाे छ ।
आज नेपालमा कस्ताे अवस्था छ कि काँग्रेसबाट संविधानकाे रक्षा हुनुपर्छ भनेर बाेल्दा नेता विमलेन्द्र निधिलाई सनातन हिन्दू विराेधी भनिन्छ तर जसपाकाे प्रदेश सरकार र २०७४ सालपछिकाे केन्द्र नेकपा (ओली र प्रचण्डहरूका) सरकारले विदेशी आक्रान्ता भगाैडा मुसलमानलाई अनि क्रिश्चियनहरूलाई अनावश्यक नाजायज सुविधा दिएरै बसाउँदा र उनीहरूले सनातनीमाथि आक्रमण गर्दा सबै मान्य भएकाे छ । किनकि नेपालमाथि पाकिस्तानकाे सहयाेगमा अमेरीकि चलखेल कथित् जेनजी विद्राेहमार्फत् गराइएकाे छ । देश बचाउनु छ, देश प्रथम भन्ने नीति बन्नुपर्छ, चाहे युवा हाेस् वा मध्यउमेर वा पाकाे उमेरका नेता । विमलेन्द्र निधिले काँग्रेसजस्ताे पार्टीकाे ईतिहासमा सभापति हाल बन्ने माैका पाए अवस्था सामान्यतर्फ जाने बुझिन्छ ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

