यी हुन् राष्ट्रियसभामा कांग्रेसका ९ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेसँगको भागबन्डा पछि पाएको ९ सिटमा उम्मेदवार टुंगो लगाएको छ।

कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहे पनि अन्ततः नेकपाले एक्लै लड्ने भनेर बाहिरिएपछि कांग्रेसले सातै प्रदेशमा आफ्ना उम्मेदवार चयन गरि उम्मेदवारी दिन लागेको हो। यसमा नेता शेखर कोइरालाको समूहलाई ३ जना दिइएको छ। यद्यपि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने उम्मेदवार छनोटमा असहमति राखेका छन् ।

कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता/अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला) लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

यसैगरी अन्य उम्मेदवारहरूमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती छन्।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। कांग्रेस र एमाले सहित जसपाले पनि गठबन्धन गरेर महन्त ठाकुरलाई उम्मेदवार बनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय