पेट्रोलियम पदार्थको मूल्य घट्यो

१६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै आन्तरिकतर्फको हवाइ इन्धन मूल्य ६ रुपैयाँले मूल्य घटाइएको छ ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय