सबैको मनमा बस्दै महेश

काठमाडौं । दिपक आचार्य (काकु) निर्देशित नेपाली चलचित्र ‘परान’ ले यो वर्षकै सर्वाधिक कमाई गर्यो। कार्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ले घरेलु बक्स अफिसमा अझैसम्म धेरथोर व्यापार गरीरहेको छ ।
परानमा धर्मनाथ आचार्य (नीर शाह)का कान्छा छोराको रूपमा अभिनयन गरेका गोपीनाथ आचार्य अर्थात महेश त्रिपाठीले धेरैको मन जितेका छन् । चलचित्रमा दुई बाबुछोराबीचका संवादले समेत दर्शकका आखाँ रसाउने र मन भावुक बनाउने काम गर्यो। चलचित्रका दर्शकका लागि साच्चिकै ‘परान’ बनेका महेश अहिले सबैतिर चर्चामा छन् । फरक-फरक पात्रमा बाँच्ने महेशलाई परान चलचित्रले जिवनकै ठुलो सफलता दिलाएको छ ।
यसअघि चलचित्र ‘हल्कारा’मा हुलाकीको पात्रमा हुँदा अमेरीकाको पुरानो प्रतिष्ठीत अन्तराष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका महेशले त्यसपछि ‘लाज शरणम’ र ‘फेरि रेशम फिलिली’ चलचित्रमा पनि काम गरे र अभिनयको प्रशंसा पाए। तर,बक्स अफिसको असली स्वाद भने चाख्न पाएका थिएनन्। तर,अहिले ‘परान’ ले भने स्वाद मात्रै चखाएन सबैको मनमा बस्ने बनायो।
अहिले ‘परान’ मार्फत सबै उमेरका दर्शकको मन जितिरहेका महेशका अघिल्लो वर्ष प्रर्दर्शन भएको ‘लाज शरणम’ मा कार्णालीको कथा,ब्यथा र दु:ख सहितको सन्देश र ‘फेरी रेशम फिलिली’मा समलिङ्गिको भूमिकामा देखाएको अभिनय क्षमताको निकै तारीफ भयो। दुबै चलचित्र बक्स अफिसमा औसत ठहरिए पनि महेशको चर्चा भएर पनि बकस अफिस स्वाद चाख्नबाट महेश बन्चित थिए।
पोखरा नजिकैको कास्कीकोटमा रोवट वनाउदै हुर्कीएका महेश इन्जीनिएर सकेर फिल्म पढ्न काठमाडौं हानीएका थिए । त्यसपछि महेशले पढाईसँगै अभिनय पनि गर्दै गए। उनका चलचित्रहरुमा दर्शकले फरक फरक स्वादको अनुभुति गरेका छन् ।चलचित्र ‘खजुरे व्रो’ देखी चपली हाइट,प्रसाद २ मा उनका संवाद र अभिनयले दर्शकलाई छुटै जोनमा लगी दिन्छ ।
यसैगरी चलचित्र परानमा ‘नवोलेरै मनका कुरा बुझ्ने भएर त बा भएका होलान्’ भन्ने दृश्यमा धेरैको मन स्थीर बनाइदिँन्छ् । परानमा उनले निर शाहसँग गरेको अभिनयले उनलाई आम दर्शक सम्म पुर्याएको छ अहिले महेश कलाकारिता क्षेत्रका व्यस्त कलाकार हुन् । भर्खर रेखा थापाको नयाँ चलचित्र ‘३६ को आँकडा’ र विक्की अग्रवालको चलचित्र ‘ककाकीकी’ को सुटिङ सकेका महेश अन्य चलचित्रमा पनि ब्यस्त छन् ।

