काठमाडौं ७ बाट काँग्रेसका १९ उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं-७ बाट १९ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको क्षेत्रीय कार्यसमितिले काठमाडौं महानगर समिति सभापति नीलकाजी श्रेष्ठ सहित १९ जनाको नाम नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-७ बाट प्रत्यक्षतर्फ जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा भ्रातृसंगठन नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोजकुमार थापादेखि पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट सम्म रहेका छन् । नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, पूर्वकेन्द्रीय सदस्यहरू सबिन तामाङ, पुनम लामा पनि सिफारिसमा परेका छन् ।
यस्तै, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य विनोद पन्त,
नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय अध्यक्ष एब्म महासमिति सदस्य गोविन्द प्रसाद शर्मा, पूर्वक्षेत्रीय सभापति धर्मराज अर्याल, पूर्वक्षेत्रीय सचिव सुरेन्द्र श्रेष्ठ, अन्जु सिंह चौधरी, दक्ष पौडेल, डा रामशरण थपलिया , दिवा शिवाकोटी, गीता न्यौपानेको नाम पनि सिफारि गरिएको छ ।
क्षेत्रीय समितिबाट सिफारिस हुनेमा इन्द्रलाल सिंह, प्रशान्तमानसिंह मास्के, राजिव श्रेष्ठ र शर्मिला फुँयाल रहेका छन् ।

