लुम्बिनी लायन्स एनपीएल सिजन-२ विजेता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार साँझ टियु क्रीकेट मैदानमा आयोजित फाइनल प्रतिस्पर्धामा लुम्बिनीले सुदुरपश्चिमलाई हरायो।

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएल सिजन-२ को उपाधि जितेको हो । लुम्बिनीले उपाधीसँग एक करोड १० लाख भन्दा बढी नगद पनि जितेको छ।

खेलको सुरुमा ब्याटिङ गरेको सुदुरपश्चिमले जम्मा ८५ रन मात्रै जोडेको थियो। त्यस लगत्तै ८६ रनको लक्ष्य लिएर उपाधी होडमा मैदान छिरेको लुम्बिनी लायन्सले जम्मा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल  भयो। प्रतिस्पर्धामा सुदुरपश्चिमले उपविजेतामा चित्त बुझाएपनी ५५ लाख नगद जितेको छ। बिराटनगर तेस्रो भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय