भ्रष्टाचार बिरोधि अभियानमा जुट्यो प्रलोपा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ। पार्टी विस्तारित बैठकले यी लगायत अन्य निर्णय गरेको हो।

बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रलोपा दुर्गा सोव नेतृत्वको नेसपा नयाँ शक्ति, सुदन किराँती नेतृत्वको प्रगतिशील अभियान र सन्तोष परियार नेतृत्वको टिम मिलेर बनेको पार्टी हो।

सो पार्टीको विस्तारित बैठकले देशैभरी भ्रष्टाचार विरोधी अभियान चलाउनको लागि सात सदस्यीय कार्यदल समेत गठन गरेको छ।जिएस गुरुङको संयोजकत्वमा गठित कार्यदलमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुवप्रसाद पराजुली, मञ्जु मिक्चान र दीपक महतो रहेका छन्।

बैठकले तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउन सबै पक्षलाई आह्वान पनि गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय