मलेसियामा एक नेपालीको गेटले थिचेर मृत्यु

११ मंसिर, मलेसिया । काभ्रे घर भएका राम भुजेलको वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ।

तीन वर्षअघि रोजगारीका लागि मलेसिया स्थित पेनाङ् मा रहेको स्याण्डिक्स माइक्रोन मेमोरी कम्पनीमामा कार्यरत ३७ वर्षीय भुजेलको बुधबार बिहान ४ बजे प्यासन प्याराडाइज होस्टेलको फलामको गेटमुनि अचेत अवस्थामा फेला परेका हुन् ।

पेनाङ फायर एण्ड रेस्क्यु विभाग (जेबीपीएम)का आगलागी तथा उद्धार अपरेसनका सहायक निर्देशक जोन सागुन फ्रान्सिसका अनुसार मृतक भुजेलले ग्रीलको गेटलाई खोल्ने प्रयास गर्ने क्रममा आफु माथि गेट खस्दा थिचेर मृत्यु भएको बताए ।

उनका अनुसार, टोलीले गेट हटाई उद्धार कार्य गरे पनि घटनास्थलमै ती व्यक्तिको मृत्यु भइसकेको पुष्टि भएको थियो।

मृतकको शव प्रहरीले थप कार्यवाहीका लागि जिम्मा लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय