एनपीएल सिजन-२ : आज दुई खेल हुने

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत आज दुई खेल हुनेछ। काठमाडौंको टीयू क्रिकेट मैदानमा बिहान ११:४५ बजे पहिलो र दिउँसो ४ बजे दोस्रो खेल हुनेछ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने चार टोलीबीचको खेल निकै रोमान्चित हुनेछ। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुने प्रतिस्पर्धाको लागि दर्शकको चाप पढ्ने बताइएको छ ।

रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्स सुदूरपश्चिमलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । तीन खेलमा एउटा खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अंक हात पारिसकेको छ ।

अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा पनि आफ्नो पक्षामा जित हात पार्ने तयारीमा जुटेका छन् । यद्यपि  यसअघिको दुवै खेलमा यी टोलि पराजित भएका थिए ।

आज हुने खेलमा अर्को रोचक कुरा चाहिँ  जनकपुरका सबै खेलाडीले आ-आफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने छन् । जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाका अनुसार खेलपछि ती जर्सीलाई बिक्रीका लागि राखिनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय