कांग्रेस नेता आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ।

रौतहट बमकाण्डका आरोपित नेता आलम कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी) मा भर्ना भएका थिए। उपचार कै क्रममा उनको निधन भएको परिवारले जनाएको छ।

६३ बर्षिय आलम विभिन्न रोगले ग्रस्त थिए। उनी लामो समय जेल बसेर छुटेका थिए। उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि देखि भर्ना गरिएको थियो । पछिल्लो एक सातादेखि आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

आलमका छोरा डा. राजीक आलमका अनुसार आलमलाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । ‘त्यहाँ स्वास्थ्यमा सुधार आए पछि घर ल्याएका थियौं । केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भयो’ छोरा राजिकले भने ।

बमकाण्डमा जेल बसेका आलम गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...