रामकुमारी र किसान श्रेष्ठ २४ गते एमाले प्रवेश गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीकि पूर्व केन्द्रीय सचीव रामकुमारी झाँक्री र अर्का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसान कार्तिक २४ गते एमाले फर्किने (प्रवेश गर्ने) भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेपछि झाँक्री र श्रेष्ठ सहित अन्य केही नेताले २४ गते एमाले प्रवेश गर्ने टुंगो लगाएका हुन् । यसको पुष्टि एमाले नेता महेश बस्नेतले पनि गरेका छन् । नेकपा एकीकृत समाजवादीका सयौं नेतालाई पार्टीमा स्वागत गर्न आतुर रहेको र त्यो दिन कार्तिक २४ गते हुने भनेका छन् ।
नेता किसान श्रेष्ठले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मान र माया दुबै हुने आश्वासन दिएपछि आफूहरू एमाले फर्कन लागेको बताए। गुण्डुस्थित ओली निवासमा एकीकृत समाजवादीका नेताहरू र अध्यक्ष ओलीबीच भेटवार्ता र फोटोसेसन भएको थियो।उक्त भेटमा अध्यक्ष ओलीले ‘तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस्’ भनेका थिए।
अध्यक्ष ओलीले यसो भनेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहित नेताहरूले एमाले फर्कन तयार रहेको कुरा बताएका थिए। त्यसपछि अध्यक्ष ओलीले कात्तिक २४ गतेको समय दिएका हुन् । त्यसदिन स्थायी कमिटी सदस्य झाक्री, निवर्तमान सांसद श्रेष्ठ, पोलिट्ब्युरो सदस्य पिताम्बर भण्डारी, केन्द्रीय सदस्य नवराज पौडेल, अर्जुन राई लगायत प्रवेश गर्ने टुंगो लागेको छ।

