फेरि पनि प्रचण्ड संयोजक !

काठमाडौं । अघिल्लो महिना मात्रै नेकपा माओवादी केन्द्रको अध्यक्ष छाडेर ‘म संयोजक भएँ’ भनेका पुष्पकमल दाहाल प्रचण्ड बुधबार नेपाली कम्युनिस्ट पार्टीको संयोजक चुनिएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न १० टुक्रा वामपन्थी मिलेर संयुक्त रुपमा घोषणा गरिएको नयाँ पार्टीको नाम हो नेपाली कम्युनिस्ट पार्टी अर्थात नेकपा। बुधबार दिउँसो तामझाम सहित भृकुटीमण्डपबाट घोषणा गरिएको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम अनुमोदन भएपछि प्रचण्डले महिना दिनमै दुई पटक संयोजक हुने अवसर पाएका हुन् ।

त्यस्तै सो पार्टीको सहसंयोजकमा माधवकुमार नेपालको नाम अनुमोदन गरिएको छ। तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र त्यसपछि वामदेव गौतम,नारायणकाजी श्रेष्ठ,डा.बेदुराम भुषाल,राजेन्द्रप्रसाद पाण्डे लगायत नेता छन् ।

आज भएको एकता घोषणा सभामा नेसपाबाट एकतामा सहभागी नेता महिन्द्र राय यादवले प्रचण्डलाई संयोजक र नेपाललाई सहसंयोजक बनाउने प्रस्ताव निर्णयार्थ हलमा पेस गरेका थिए। उनको प्रस्ताव हलले ताली बजाएर अनुमोदन गरेको थियो। एकता प्रक्रियामा नेकपा माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा,सचीव राम कार्की लगायत सहभागी भएनन् । त्यसैगरी समाजवादीबाट महासचिव घनश्याम भुषाल,रामकुमारी झाँक्री,अम्बर बहादुर थापा,डा.बंशीधर मिश्र,किसान श्रेष्ठ,प्रेम आले लगायत सहभागी भएनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...