कांग्रेस नेता आलमको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको स्वस्थ्यमा खराबी देखिएपछि अस्पतालमा उपचाररत छन् ।

रौतहट बमकाण्डका दोषी भनिएका आलम जेलबाट छुटेपछि बिरामी परेका थिए। एक साता अघि केएमसी हस्पिटलमा रहेका उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आलमलाई अघिल्लो बुधबार सिनामंगलस्थित केएमसी अस्पताल लगेर भर्ना गरिएको थियो। आलमको स्वास्थ्य अवस्थामा थप सुधार नआएको छोरा रजिक आलमले जानकारी दिए ।

रजिकका अनुसार, आलमलाई मस्तिष्कघात भएयता स्वास्थ्य अवस्थामा निरन्तर समस्या आइरहेको छ । केही समयअघि नयाँदिल्लीमा उपचार गरेर फर्किएका आलमलाई फेरि स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्नापछि उनको अवस्था थप नबिग्रिए पनि सुधार पनि नआएको बुझिएको छ। कांग्रेस राजनीतिमा लामो समय रजगज गरेका आलमलाई भेट्न् कुनै नेता नगएको परिवारको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...