घुम्ती गोठको सुरक्षामा कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ। महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।

कुकुर बिनाका भेडाबाख्रा, च्याङग्रा, चौरी, गाईभैंसीको गोठ नै हुँदैनन्। शहरबजारमा सोखका लागि कुकुर पाल्ने गरिए पनि विकट र दूर्गम क्षेत्रका किसानका लागि कुकुर पाल्नु अनिवार्य जस्तै हो।

राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जंगली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्ने, लखेट्ने तथा भिडेर कृषकलाई सहयोग गर्ने धवलागिरि गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले बताए।

“कुकुरबिनाको गोठालाको कल्पनानै गर्न सकिँदैन,” ६८ वर्षदेखि गोठाला गर्दै आएका नरबहादुरले भने, “पशुहरू जंगलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिदैनन्। साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ। चितुवा, ब्वासो, स्याल देखेपछि भुकेर सूचना दिन्छ। आक्रमण गर्न आउन जंगली जनावरलाई भगाउँछन्।”

पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकीमा भेडापालन गर्दै आएका धवलागिरि गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको गोठको सुरक्षा कुकुरले गर्छन्। ६० वर्षदेखि भेडापालन गर्दै आएका ८३ वर्षीय पुनले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तीन वटा ‘भोटे कुकुर’ पालेको बताए।

कुकुरको सहयोगबिना गोठाला एक्लैले सयौँको संख्यामा रहेका गाई, भैंसी, भेडाबाख्रा, च्याङग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए।

म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरिर भएका देख्दै डरलाग्दा कम्तिमा दुई वटा ‘भोटे कुकुर’ पालेका हुन्छन्। यस्ता कुकुरको छाउरालाइ नै प्रतिछाउरा १० हजार रुपैयाँभन्दा बढी मूल्य पर्छ।

आफ्ना मालिकलाई माया गर्ने, जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक नेत्रप्रसाद राम्जालीले बताए।

बिहान र बेलुका पिठोको खोलेका साथै भेडाको दूध र मासु गोठमा पालिने कुकुरका खाना हुन्। एक ठाउँमा १० देखि १५ दिन गोठ राखेर वरपरका खर्क र जंगलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर २०० भन्दा बढी गोठमा २० हजारको संख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...