आज विजयादशमी, टीकाको उत्तम साइत ११:५३ मा

काठमाडौं, १६ असोज । बडादशैंको सबैभन्दा महत्वपूर्ण दिन आज विजयादशमी मनाइँदै छ । आज मान्यजनको हातबाट टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटलाई तोकिदिएको छ । यद्यपि दिनभर जुनसुकै समयमा टीका लगाउन सकिने छ ।

टीका-जमरा देवीको प्रसाद भएकाले जुन समयमा लगाए पनि हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशीर्वाद लिन सकिन्छ ।

नेपालका कतिपय स्थानमा कोजाग्रत पूर्णिमाको दिनसम्मै आफन्तकोमा गएर टीका लगाउने चलन पनि छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय