मन्त्रीपरिषद्को संख्या ९ पुग्यो, थप मन्त्रीको सपथ आज

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप ५ जना मन्त्रीले आज सपथ लिनेछन् ।

राष्ट्रपतिले आइतबार साँझ थप ५ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ। यसअघि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्री परिषद ४ सदस्यीय थियो।

राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्रीको खोजी भैरहेका बेला धेरैले मन्त्री बन्न नखोजेपछी अन्ततः मन्त्रीमा अनुभव नभएका तर, सामाजिक संजालमा लोकप्रिय भएकालाई मन्त्री बनाउन थालिएको छ।

स्रोतका अनुसार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ। यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ । उनीहरुको विज्ञताको मूल्यांकन अबको कामले गर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय