तुइनखोलामा पहिरो, मुग्लिन-नारायणगढ सडक बन्द

काठमाडौं । मुग्लिङ-नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको तुइन खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएपछि पूर्व र पश्चिम भएर काठमाडौं आउने र जाने सबै गाडी बन्द भएका छन् । मुग्लिन-पोखरा बाहेक अन्यत्रको यात्रा अवरुद्ध भएको हो।पोखरा,स्याङ्जा, गोरखा,लमजुङ,बाग्लुङ,पर्वत लगायत जिल्लामा मुग्लिनदेखि जान सकिएपनी अन्यत्रको मुख्य बाटो मुग्लिन-नारायणगढ नै हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सडकमा ठूलो पहिरो खसेको छ।पहिरो खसिरहेकाले पन्छाएर यातायात सञ्चालनमा ल्याउन बिहानसम्मै लाग्न सक्ने प्रहरीको भनाइ छ।
यस वर्ष तुइन खोलामा दिनहुँ पहिरो खसिरहेको छ। यहाँ पुल निर्माण गर्नेक्रममा पहरो फुटाइएको थियो।

