गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति काभ्रेका युवक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।

जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-४ घर भई हाल ललितपुरको सुनाकोठी-२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर (ललितपुर) का प्रवक्ता चक्रराज जोशीले राससलाई जानकारी दिए।

‘जलेको अवस्थामा निजको शव भेटिएको थियो। मृतकले लगाएका कपडा र घडीका आधारमा बुधबार पहिचान खुलेको हो’, उनले भने।

उनको शव अहिले पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो जेनजी प्रदर्शनका क्रममा गंगा दाहालको घरमा आगजनी गरिएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय