कांग्रेस नेता हरिबोल भण्डारीको निधन

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता हरिबोल भण्डारीको निधन भएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थायी घर भएका भण्डारी लामो समय अमेरिका बस्दै आएका थिए । सामाजिक काममा अग्रसर र सहयोगी भावनाका भण्डारीको निधनमा कांग्रेसका नेताहरूले गहिरो दु:ख व्यक्त गरेका छन् ।

