शेखर पक्षले सरकार छाड्ने, अफ्ट्यारोमा ओली
काठमाडौं । सरकारमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका केही मन्त्रीले राजिनामा दिने तयारी गरेका छन् ।
कांग्रेस भित्रको शेखर कोइराला पक्षका मन्त्रीले राजिनामा दिन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीबाट आजित भएपछि शेखर पक्ष सरकार छाड्ने निश्कर्षमा पुगेको हो। स्वास्थ मन्त्री प्रदीप पौडेल,पर्यटन मन्त्री बद्री पाण्डे र कृषि मन्त्री रामनाथ अधिकारीको राजिनामा पक्का छ।
हिजो मात्रै स्वास्थ मन्त्री पौडेलसँग प्रधानमन्त्री ओलीको नोकझोक चलेको थियो। ओलीको चौतर्फी आलोचना बढेपछि कांग्रेसलाई सरकारमा बस्न सकस परेको छ।

