रातिदेखि फेसबुक,ट्विटर र ह्वाटसएप बन्द !

काठमाडौं । सरकारले आजै रातिदेखि फेसबुक,इन्स्ट्रा,एक्स सहित केही सामाजिक संजाल बन्द गर्ने भएको छ। यसमा पुनर्विचार नहुने सूचना प्रविधि मन्त्रालयले जनाइसकेको छ।

पछिल्लोपटक नेपालमा सूचीकृत हुन दिइएको ७ दिनको समयमा पनि यी कुनैपनि संस्था सम्पर्कमा नआएको भन्दै सरकारले यो कठोर निर्णय लिनुपरेको भनेको छ। संचार मन्त्रालयका प्रबक्ता राजेन्द्रकुमार ठाकुरले समेत आजै राती १२ बजेदेखि उल्लेखित संजाल बन्द हुने बताएका छन् ।

सरकारले यसभन्दा अगाडि टेलिग्रामलाई नेपालमा निष्क्रिय गरिसकेको छ। त्योभन्दा अघि टिकटकलाई पनि एक बर्षसम्म प्रतिबन्ध लगाएको थियो। टिकटक नेपालमा सूचीकृत हुन आएसँगै अहिले उक्त सञ्जाल पुन: सञ्चालनमा आएको हो।

यसपटक चाहिँ सरकारले फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्ट्राग्रामलगायतलाई नेपालमा सूचीकृत हुन भनेको थियो। यद्यपि अहिलेसम्म कसैले सम्पर्क नै गरेनन् ।त्यसैले मन्त्रिपरिषद्ले नै निर्णय गरेर बन्द गर्ने ७ दिने अल्टिमेटम दिएको थियो।

गत बुधबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम’ सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जबाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको सुनाएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय