एमाले विधान महाविधेशनमा विद्यालाई ‘नो इन्ट्री’,ओलीले उद्घाटन गर्ने


काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको उपस्थिति नहुने पक्का भएको छ। आजको दिनसम्म उनको सदस्यता नवीकरण भए नभएको टुंगो समेत लागेको छैन।

शुक्रबार ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुने बिधान महाधिवेशन २२ गतेसम्म ३ दिन चल्ने छ। महाधिवेशनमा कुल सहभागी सङ्ख्या २ हजार ३ सय ४१ रहने भएको छ। जसमा प्रतिनिधि र केन्द्रीय टिम हुनेछ।

विधान महाधिवेशनबारे जानकारी दिन बुधबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको पत्रकार सम्मेनलमा सो बारे बताइएको हो। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले बिधन महाधिवेशन उद्घाटन गर्ने महासचिव शंकर पोख्रेलले जानकारी दिए। उनका अनुसार बिधान महाधिवशेनमा २ हजार २६ जना प्रतिनिधि रहने छन् भने आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल सहभागी सङ्ख्या २ हजार ३ सय ४१ पुगेको हो। जसमा पूर्वराष्ट्रपति भण्डारीको भने सहभागिता नहुने पक्का भएको छ।

महाधिवेशनका लागि गठन भएका विभिन्न उपसमितिले आ-आफ्नो जिम्मेवारी अनुसार सबै काम पूरा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय