कैलालीमा पौडी खेल्दा डुबेर ४ जनाको मृत्यु

काठमाडौं । कैलालीस्थित गोदावरी नगरपालिकाको खुटिया नदीमा पौडी खेल्ने क्रममा दाजुभाइसहित चार जनाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, गोदावरी नगरपालिका–९ खुटिया नदीमा पौडी खेल्न गएका सातमध्ये चार जनाको मृत्यु भएको हो । तीनजना सकुशल छन् ।

ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेजा भण्डारी र १७ वर्षीय प्रतीक चौधरी छन् । जेब र जाबेजा दाजुभाइ हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...